खच्चड धपाउन गएका गुरुङ खाेलामा बेपत्ता

शनिबार, असाेज २४, २०७७

असाेज २४, गाेरखा । खच्चड धपाउने क्रममा खोलाले बगाएर गोरखाका एक खच्चड गोठाला बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका ३ पाङसिङका ४५ बर्षीय हरि गुरुङ धार्चे ३ खोर्लाबेशीको खोर्लाखोलाले बगाएर बेपत्ता भएका स्थानीय राम कुमार गुरुङले जानकारी दिए । घटनाको बारेमा जानकारी पाएपछि माछाखोला चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिप्रका गोरखाले जनाएकाे छ ।