पालुङटार नगरपालिका भित्रका १० वटै वडा कार्यालय तथा विद्यालयहरु आजदेखि बन्द

आइतवार, असाेज २५, २०७७

असाेज २५ ,गाेरखा । पालुङटार नगरपालिकाले नगरपालिका भित्रका १० वटै वडा कार्यालय तथा विद्यालयहरु बन्द गरेको छ । नगरपालिका आसपास र नगरपालिका भित्रका कर्मचारीमा नै कोरोना संक्रमणको पुष्टि भएपछी संक्रमण अन्यत्र फैलन नदिन नगरपालिका भित्रका सबै वडा कार्यलयबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिका भित्रका विद्यालयहरुबाट सन्चालन हुँदै आएको मुल सिकाइ केन्द्र र सहायक सिकाइ केन्द्रबाट संचालन हुँदै आएको सिकाइ सहजीकरण पनि यहि कार्तिक ६ गतेसम्मका लागि बन्द गरिएको पालुङटार नगरपालिका प्रशासकीय अधिकृत तेजप्रसाद शर्माद्वारा  आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।