कोरोना संक्रमणका कारण गोरखा पालुङटारका सरोज देवकोटाको निधन

आइतवार, असाेज २५, २०७७

गोरखा २५, असोज । कोरोना संक्रमणका कारण गोरखा पालुङटारका सरोज देवकोटाको निधन भएको छ ।

पालुङटार नगरपालिका ५ बोहोरा गाउँका देवकोटाको हिजो (सनिबार) बिपी स्मृती हस्पीटल बसुन्धारा काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

संक्रमणका कारण स्वास्थ्यमा समस्या आए पछी उनलाई हस्पिटल भर्ना गरिएको थियो । देवकोटा नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्व अध्यक्ष, नेपाली कांग्रेसको शुभेच्छुक सस्था सेंटर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।

उनी पूर्वाञ्चल क्याम्पसका पहिलो क्याम्पस प्रमुख, गोरखा–काठमाण्डौं प्रजातान्त्रिक समाजका पूर्व अध्यक्ष, सिटीईभिटीका पूर्व उपाध्यक्ष, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेसका महा समिति सदस्य समेत हुन् ।

देवकोटाले नेपालमा नै पहिलो पटक काभ्रेमा आईटी पार्क निर्माण गरेका थिए । उनी आईटी पार्कका संस्थापक उपाध्यक्ष समेत हुन् ।

गोरखाको स्थानिय चुनावमा नेपाली काँग्रेस पालुङटारका चुनाव संयोजक रहेर चुनाब सम्पन्न गराएका उनी प्रति पालुङटारका मेयर ई.दिपकबावु कँडेलले दुःख व्यक्त गरेका छन् ।

मृत्तक देवकोटाका श्रीमती र २ छोरा छन् ।