बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइटमा

सोमवार, असाेज २६, २०७७

एजेन्सी । बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ । कट्रिनाले आफ्नो ३७ औं जन्मदिन केही तस्वीरहरु सार्वजनिक गरेकी थिइन । उनको जन्म  सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो । कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेकी थिइन । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् । उनका केही तस्विरहरु हेराैँ ।