गाेरखाकाे उत्तरी क्षेत्रमा रहेकाे चुमनुब्री गाउँपालिकामा बाहिरका  मानिसहरुकाे  प्रवेशमा रोक

बुधबार, असाेज २८, २०७७

असोज २८, गोरखा । जिल्लाकाे उत्तरी क्षेत्रमा रहेकाे चुमनुब्री गाउँपालिकामा पालिका बाहिरका  मानिसहरुकाे  प्रवेशमा रोक गाईएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै पालिकाले बाहिरबाट  व्यापार तथा मजदुरी गर्न आउने नागरिकहरुकाे प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको बैठकले अर्को निर्णय नहुन्जेलसम्मका लागि त्यस्ता नागरिकलाइ जगतमा  रोक्ने निर्णय गरेको हो ।

बैठकले अन्यत्रबाट आउने स्थानीय नागरिकलाइ ७ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । स्थानीय पसल तथा होटलमा ब्यापार गर्दा अनिवार्य रुपमा भाैतिक दुरी कायम गर्न,स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि पालिकाले आग्रह गरेको छ ।