नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट नसाट्ने

बुधबार, असाेज २८, २०७७

गाेरखा । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट नसाट्ने जनाएको छ । बैंकले सूचना जारी गर्दै दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने जनाएको हो ।

बैंकले भनेको छ, “नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च जोखिम रहेकाले यो वर्ष नयाँ नोट सटही गरिँदैन।” यस्तै, राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमासमेत संक्रमण निकै फैलिएकाले नयाँ नोट साट्नु जोखिमपूर्ण हुने बताइएको छ।