१२ औँ पटक मन्त्री परिषद पुर्नगठन, तिन मन्त्री थपिए

बुधबार, असाेज २८, २०७७

असाेज २८, काठमाण्डाै । प्रधानमन्त्री  केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । उनले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन् ।

ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन । दुई मन्त्रीको जिम्मेवारी पनि उनले हेरफेर गरेका छन । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

तीन जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा  छलफल गरेका थिए । नयाँ नियुक्त मन्त्रीहरुलाइ सपथ खुवाउने तयारी भैरहेकाे बालुवाटार स्राेतले जनाकारी दिएकाे छ । थपिएका तीन सहित नेपालकाे स‌ँघीय सरकारम मन्त्रीकाे सँख्या २५ पुगेकाे छ ।

हेर्नुहाेस्