नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराइ वीच वाकयुद्ध सुरु

बुधबार, असाेज २८, २०७७

असाेज २८, गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं राष्ट्रिय सभाका साँसद नारायण काजी श्रेष्ठ र पूर्व प्रधानमन्त्री एवं प्रतिनिधी सभाका साँसद डा.बाबुराम भट्टराइ वीच आजबाट पुन: दोहोरी सुरु भएको छ । दुइ जना नेता वीच शब्दकाे वाकयुद्द सुरु भएकाे हाे ।

डा. बाबुराम भटटराइले पालुटार नगरपालिका वडा नं. ६ स्थित पौवाटारमा आयोजित कार्यक्रममा विशाल आमसभालाइ सम्बोधन गरी शेरबहादुर, केपी ओली र प्रचण्डले तीन अरवका दरले ९ अरब बुढीगण्डकी परियोजनाबाट खाएकाले छानविन गर्नुपर्ने बताएका थिए ।

आज दिउँसो एक वक्तव्य जारी गरी पूर्वप्रधानमन्त्री भएर बोलेका कुरा सार्वजनिक रुपमा क्षमा याचना गर्न अनुरोध गरिएको र बाबुरामले भनेका कुरा कपोल्कल्पित भएको बताइएको थियो ।

हेर्नुहोस विज्ञप्ती


पूर्वप्रधानमन्त्री भट्टराइले भ्रष्टचारका छानविन गर्न जनलोकपालको गठन गर्न भनेका छन् । उनले नाम उल्लेख नगरी नारायणकाजी  श्रेष्ठद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्ती सेयर गर्दै  जस्केलाबाट छिरेर सत्ताको तुजुक नदेखाउन समेत भनेका छन् ।

हेरौँ भट्टराइका स्टाटस ।


यस अघि गाेरखा निर्वाचन क्षेत्र नम्वर दुइमा निर्वाचनका प्रतिष्पर्धी रेहका श्रेष्ठ र भट्टराइमा श्रेष्ठ उपविजेता भएका थिए । बाबुरामकाे घर साेही निर्वाचन क्षेत्रकाे पालुङटार नगरपालिका र श्रेष्ठकाे सिरान्चाेक गाउँपालिकामा पर्दछ ।