शहिद लखन कार्यपालिका सदस्य सहित गाेरखामा १५ जनामा काेराेना पुष्टि

शुक्रबार, असाेज ३०, २०७७

गोरखा ३०, असोज । गोरखामा शहिद लखन गाउँपालिका  एक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर – २ कि वडा सदस्य सकुन मगरलाई संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या आएपछी काठमाडौको उपचारका लागि पुगेकी उनकाे स्टार हस्पिटलमा कोरोना परिक्षण भएको थियो । बिहिबार सामाजिक सन्जालमा वडा सदस्य मगरले आफुमा संक्रमणको पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेकी छन । गोरखामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

आजै पालुङटार नगरपालिकामा ४ जनामा शुक्रबार संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।
निर्देशनाले  सूचना जारी गर्दै पालुङटार नगरपालिका १, २ र ५ मा गरी ४ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । जस अनुसार १ र २ मा १।१ जना पुरुष र ५ मा १ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यसैगरी आरुघाट गाउँपालिकामा एक महिला सहित ९ जनामा काेराेना पुष्टि भएकाे छ ।