गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे भर्चुअल माध्यमबाट दोस्रो महाधिवेशन सम्पन्न

आइतवार, कार्तिक २, २०७७

गाेरखा। ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे भर्चुअल माध्यमबाट दोस्रो महाधिवेशन  आज सम्पन्न भएकाे छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । विश्वभरिका २२ राष्ट्रमा छरिएर रहेका गोरखालीलाई एकिकृत गरेर संगठन गठन भएको छ भने ग्लोबल गोरखा समाज सन २०१६ मा स्थापना भएको थियो।जयप्रकाश गुरुगंको अध्यक्षतामा भएको महाधिवेशनमा कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वराष्ट्रिय सभाका सदस्य सुरेन्द्र राज पाण्डे , विशेष अतिथिहरुमा एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष तथा ग्लोबल गोर्खा समाजका संरक्षक कुमार पन्त ,एनआरएनएका संरक्षक राम प्रताप थापा , भागवत वाचक पण्डित दिनबन्धु पोखरेल विधान समितीका संयोजक हरिहर अर्याल लगायत देश विदेशबाट विभिन्न अतिथिहरु तथा विशेष अतिथिहरु पनि सहभागि भएका थिए ।

कार्यक्रमलाई महासचिव बिनोद पोखरेलले संचालन गर्नुभएको थियो । निर्वाचन मण्डलमा संयोजक लोकनाथ अधिकारी,सदस्य बिकल चन्द्र आचार्य र छबिलाल बगालेले निर्वाचन सम्पन्न गर्नुभएको थियो भने उहांहरुलाई युरोप पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्गांईले सहयोग गरेका थिए ।

दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष बिनय अधिकारी (बेलायत), उपाध्यक्षहरुमा गोकर्ण प्रसाद ढकाल(हंगकंग),यदु लामिछाने (कोरिया),श्रीकृष्ण भट्टराई(कतार),जानुका रेग्मी (स्पेन),नारायण भट्ट(अमेरिका),बिनोद पोखरेल(जापान) महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया),सचिवमा प्रकाश बन्जारा (युएई),कोषाध्यक्ष—सह-कोषाध्यक्षमा आकाश बन्जारा (हंगकंग) र निम्न उल्लेखित केन्द्रिय सदस्य हरु मनोनित भएका छन् ।

१.दिल बहादुर गुरुगं (हंगकंग) २.शंकर लामिछाने (युएई) ३.कृष्ण प्रसाद बगाले(साउदी अरब) ४.बासु अर्याल (जर्मनी) ५.रामजी खत्री (कतार) ६.विष्णु प्रसाद पन्त (बेलायत) ७.डा . सृष्टि पोखरेल (क्यानडा) ८.पृत्तम गुरुङ (स्वीटजरल्याण्ड ) ९.कुल बहादुर वस्ती (पोल्याण्ड ) १०.विनीता अर्याल न्यौपाने(फिनल्याण्ड) ११.मनोहर रेग्मी (डेनमार्क) १२.तुलसी अम्माई (नेदरल्याण्ड ) १३.प्रकाश भट्टराई (स्पेन) १४.निर्मला अधिकारी बर्जगाई(बेल्जियम ) १५.ज्ञानेन्द्र न्यौपाने (कतार ) १६.कमला काप्री (जापान ) १७.सञ्जिव पन्त (अमेरिका ) १८.विक्रम घिमिरे (अमेरिका ) १९.खगेश्वर अधिकारी(इजरायल) २०.राम घले(बेल्जियम) २१.हरि थापा(पोर्चुगल) २२.सुरेन्द्र काप्री (फ्रान्स) रहेका छन् ।