शहिदलखनमा ११७ जनाकाे स्वाव सङ्कलन

आइतवार, कार्तिक २, २०७७

कार्तिक २ गाेरखा । शहिद लखन गाउँपालिकामा  २०७७।०६।३०गते घैरुङ स्वास्थ्य चौकीमा होम क्वारेन्टाईनमा बसेकाहरु २० जना र २०७७/०७/०१ गते मनकामना मा.वि.मा कन्ट्रयाक्ट ट्रेसिङमा ९१ जना र होम क्वारेनटाईनमा वसेका ६ जना गरि जम्मा ९७ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरि सम्बन्धित स्वास्थ्य संस्थामा पठाईएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताएका छन् ।

उनले स्वाव सङ्कलन गर्ने  कार्यमा सहयोग गर्ने स्वास्थ्य  कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण वावु अर्याल , गा.पा. स्वास्थ्य संयोजक विरेन्द्र श्रेष्ठ , स्वास्थ्य कर्मी विश्व श्रेष्ठ ,कन्चना थापा , मनकामना स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी सहित सबैलाई हार्दिक आभार प्रकट गरेका छन् । गाउँपालिकाबासीहरुमा सावधानि अपनाई सुरक्षितसाथ बस्नुहुन  अध्यक्ष थापाले अनुराेध गरेका छन ।