बारपाक सुलिकाेट गाउँपालिकाद्वारा दशैँकाे समयमा श्रमिकहरुलाइ खाद्यन्न प्रदान

सोमवार, कार्तिक ३, २०७७

कार्तिक ३,गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले राहात दिनुपर्ने नागरिकहरुलाई रोजगारी दिएर आज खाद्यन्न वितरण गरेकाे छ । काम गरेर दशैँकाे समयमा खाद्यन्न पाउँदा श्रमिकहरु खुशी भएका छन् ।

बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु भट्टले आज एक कार्यक्रमका वीच चामल, नुन ,तेल, दाल लगायतका खाद्यन्न वितरण गरेका छन् । कुल ४६१ खेतलाहरु लगाएर गाउँमा गाेरेटाे वाटाे, कुलाे, सडकका नाला, चाैताराे बनाउने काम गरिरएकाे वडा न‌‍म्वर ७ का वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।

यस अघि गाउँपालिकाले चाडपर्व सुरु हुन लागेको पूर्वसन्ध्यामा कोभिड–१९ को कारण रोजगारी गुमाएका श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै रोजगारी निर्णय गरेकाे गाउँपालिका प्रशासकीय अधिकृत गाैतम भण्डारीले जानकारी दिए ।

‘बिपन्न समुदायलाई लक्षित गरि राहातका लागि रोजगारी कार्यक्रम सञ्चालनका गरी ‘काम बिहिन जनसमुदाय तथा बिपन्न नागरिकहरुलाई रोजगारीमा सहभागी गराएकाे हाे ।’ काममा सक्रिए सहभागि भएका  नागरिकहरुले दैनिक ६ सय ५० रुपैयाका दरले ज्याला गरेका हुन ।

‘राहातका लागि रोजगारीमा सहभागी भएका  नागरिकहरुले दैनिक ८ घण्टा काम गरेका थिए ।, ‘काम गरिसकेपछिको भुक्तानी वडा कार्यालयले कामको अनुगमन गरिसकेपछि वडा कार्यालय मार्फत भएकाे हाे ।

यस अघि पालिकाले बैशाख महिनामा काम लगाइ श्रमिकहरुलाइ नगद प्रदान गरेका थियाे । पालिकाले यस आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा २७ लाख ५० हजार रकम विनियाेजन गरी स‌ङ्कटमा परेका श्रमिकहरुलाइ राेजगार दिएर खाद्यन्न तथा नगद प्रदान गरेकाे प्रशासकिय अधिकृत भण्डारीले बताए ।

यस कार्यक्रमबाट बारपाक सुलिकाेट गाउँपालिका भित्रका झण्डै तीन  हजार श्रमिकहरुले राेजगार पाएका छन् ।

यस अघिकाे समाचार हेर्न तल क्लीक गर्नुहाेस ।

गाेरखाकाे बारपाक सुलिकाेटले चाडपर्व खर्च जुटाउन श्रमिकहरुलाइ राेजगार दिने