गाेरखाका बाबुरामले पाए जनता समाजवादी पार्टिमा नियुक्ती

मङ्लबार, कार्तिक ४, २०७७

कार्तिक ४, गाेरखा ।  समाजवादी पार्टी (जसपा)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण हुँदा भएको समझदारी अनुसार भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरिएको जसपा नेताहरुले बताएका छन् ।

सोमबार र मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बसेको थियो । सोही बैठकले भट्टराईलाई अध्यक्ष बनाउन सर्वसम्मत निर्णय भएको हो ।

पार्टी दर्ता गर्नेक्रममा डाक्टर बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने पाटीको निर्णय भएतापनि उनको अगाडि रहेको नाम टिपेक्स लगाएर चौँथो नम्बरमा राखिएको थियो । जनता समाजवादी पार्टी सँसदमा तेश्राे ठूलाे दलका रुपमा रहेकाे छ ।