गण्डकीले पठाएकाे स्वाव बागमतिले परीक्षण गरेन

मङ्लबार, कार्तिक ४, २०७७
साँकेतिक तस्वीर

कार्तिक ४, गाेरखा । गण्डकी प्रदेशकाे गाेरखा जिल्लाका विभिन्न पालिकाबाट संकलन गरिएको नमुना स्वास्थ्य कार्यालय गोरखाले एकमुष्ट रुपमा वागमति प्रदेशकाे काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका लागि पठाइएको नमुना परिक्षणनै नगरि फिर्ता भएको छ ।

‘सँधै जस्तै कार्यालयको चिठी सहित स्वाब पठाएका थियौं तर परिक्षणनै नगरि फिर्ता भएको रहेछ स्वास्थ्य कार्यालय स्रोतले भन्यो, ‘फिर्ता भएकोसम्मको जानकारी प्राप्त भएको छ, किन फिर्ता भयो भन्ने औपचारिक रुपमा जानकारी पाइएको छैन ।’

सोमवार जिल्लाका विभिन्न पालिकाबाट संकलन भएको २३४ जनाको स्वाब स्वास्थ्य कार्यालय गोरखाले मंगलवार बिहान काठमाण्डौं पठाएको थियो ।

‘पोखराको ल्यावमा नमुनाको चाप धेरै छ भनेर काठमाण्डौं पठाएका थियौं’ स्वास्थ्य कार्यालय स्रोतले भन्यो, ‘अब प्रदेशको ल्याबसँग समन्वय गरेर उतै पठाउँछौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमवारको मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कोरोनाको परिक्षण ब्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने बताएका थिए ।

स्वावका साथै नगद नदिएकाले फरक प्रदेशकाे स्वाव परीक्षण नगरेकाे कतिपय नागरिकले भन्ने गरेका छन् । गण्डकी प्रदेश सरकारकाले काेराेना सङ्क्रमितकाे सम्पूर्ण उपचार निशुल्क गरिने बताउँदै आएकाे छ । गरिवहरुकाे बसाेबास रहेकाे काठमाण्डाै भएपनि पैसाकाे हिसाव राखेर व्याज सहित असुल हुने गरी स्वाव परीक्षण गरेकाे भए हुन्थ्याे समेत नागरीकहरुले भनेका छन् । काठमाण्डाैमा कस्ताे  मानव जातिकाे बसाेबास भनि प्रतिप्रश्न समेत गरेका छन् ।