श्रमिकले दशैँका समय ज्याला पाए ५० लाख रुपैयाँ

शुक्रबार, कार्तिक ७, २०७७

कार्तिक ७, गाेरखा । धार्चे गाउँपालिका भित्र गाेरेटाे बाटाे निर्माणमा खटिएका श्रमिकहरुले आज फूलपातीकाे दिनमा यस अघि काम गरेकाे ज्याला पाएका छन् ।

ए एण्ड ए कम्पनी जिम्मा लिएकाे उक्त कामका लागि विश्व खाद्य सँस्थानले ५० लाख भुक्तानी दिनुपर्नेमा सँस्थानले नदिदै कम्पनीले मजदुरहरुलाइ दिएकाे धार्चे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।

दशैँका समयमा काम गरेकाे ज्याला पाउँदा खुशी लागेकाे श्रमिकहरुले बताएका छन् । पालिका भित्रका २०० जना श्रमिकहरुलाइ ठेकदारले ऋण गरेर ज्याला दिएका हुन ।