नेपालका प्रधानमन्त्री केपी ओलीका मान्छेले पर्सा जिल्लामा मान्छे मार्न सुरु गरे

आइतवार, कार्तिक ९, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका नजिकका मानिसहरुले मान्छे मार्न थालेका छन् । पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा कुटपिट गरी एक जनाकाे उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यू भएको जानकारी दिए । २ जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

प्रहरीले पक्राउ गरेका मध्ये नेकपाका नेता राजुकुमार गुप्तालाई बिहिबार राती नै रिहा गरिदिएको थियो भने अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ । शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ ।

यता हत्यामा सँलग्नहरुलाइ पक्राउ गरी कारवाही गर्न पर्सा प्रहरीले मुद्धा लिन मानेकाे छैन । पूर्व एमालेका कार्यकर्ताहरु आफ्नाे हितका लागि पूर्व माअाेवादी कार्यकर्ताहरुकाे हत्यामा उत्रेका हुन् । धन सम्पतीकाे घमण्ड गर्ने पूर्व एमाले कार्यकर्ता र काेराेनाबाट बच्नु नै  जीवन भएकाे पर्साका नागरिकहरु बताउँछन् ।