काठमाडौ । गायिका बिन्दु परियारको स्वर रहेको ‘माया गर्छु है’ बोलको गीत सार्वजनिक भएको छ । एकनारायण भन्डारीको शब्द र सुदिप सागर संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा अभिनेता नाजिर हुसेनको अभिनय रहेको छ ।