Breaking News

काेराेना विरामी उपचार गर्ने आइसाेलेन गाेरखा क्याम्पसबाट हटाउन सत्ताधारी विद्यार्थी सँगठनकाे माग

By मनासलु

October 05, 2020

असाेज १९, गाेरखा । सत्ताधारी दल कम्युनिष्ट पार्टी (नेकपा) को भाृतसंगठन अनेरास्ववियू गोरखाले गोरखा क्याम्पस रहेको काेराेना सङ्क्रमित विरामी राख्न तयार गरिएकाे आइसाेलेसन केन्द्र हटाउन माग गरेको छ । अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियू) गोरखाले गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई आज भेटेर क्याम्पसमा रहेको आइसोलेसन वार्डले शैक्षिक बातावरणमा प्रतिकुल असर पारेको भन्दै तत्काल अन्यत्र सार्न माग गर्दै ध्यानकर्षण पत्र बुझाएको हो ।

ध्यानकर्षण पत्रमा गोरखाको एक मात्र त्रिभुवन बिश्वबिधालयको आगिंक क्याम्पसमा रहेको आईसोलसन वार्ड निर्माण अहिलेसम्म नहटाउदा क्याम्पसमा शैक्षिक गतिबिधि सञ्चालनमा समस्या भएको उल्लेख छ । त्यस्तै क्याम्पस क्युएए प्राप्तिको अन्तिमा चरणमा रहेको र त्रिबिले समेत रोकिएका परीक्षा मंसिर महिनामा सञ्चालन गर्न सूचना प्रकाशन गरिसकेको अबस्थामा आइसोलेसनका कारण उल्लेखित कार्यका लागि समस्या हुदै आएको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

अनेरास्ववियूका गोरखा जिल्ला संयोजक सञ्जिव थापामगर र सहसंयोजक सुजन सिंखडाद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा त्रिबिको अनुदान अयोगबाट गोरखा क्याम्पसको विज्ञान प्रयोगशाला स्तरोन्नतीका लागि प्राप्त बजेट समेत आइसोलेसन नहटाउदा फ्रिज हुन लागेको भन्दै तत्कालै अन्यत्र सानुपर्ने माग गरिएको छ । गाेरखा क्याम्पसमा नयाँ क्याम्पस प्रमुख आएसँगै आइसोलेसन वार्ड हटाउन क्याम्पस प्रसासनले समेत पटक पटक सम्बन्धित निकायलाई दवाब दिदै आएको छ ।