साहित्य

शर्मिला श्रेष्ठको मन छुने गजल

By मनासलु

October 06, 2020

कपुत सन्तानकै कारण दिनदिनै घट्दैछु म सदीयाैं भयाे याे सिमाना बचाऊ भन्दै रट्दैछु म।

भरसक ढाल्न खाेज्छन् पिलर मुढेबल लगाई अडिग रहेर सके सम्म नहल्लिई डट्दैछु म।

मेराे अस्तित्व बाँकी नरहे सन्तान जाने छाै कहाँ सन्ततिमा पुन:जागरण आवस भन्दै खट्दैछु म।

हिमाल पहाड तराई बहुभाषी र जाती हाम्राे एकापसकाे एकता बिना आफ्नै घर बट्दैछु म।

सत्ताकाे लाेभमा सधैं राजनीति अन्धाे भईदिदा भाइ फुट्दा गवारले लुट्दा झन् बेसरी कट्दैछु म।

शर्मिला श्रेष्ठ भैंशेपाटी,ललितपुर हाल यु यस य