Breaking News

सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमाल आरोहणपछि मनासलु हिमाल आराेहण गर्न बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सामागाउँ पुगे

By मनासलु

October 07, 2020

असाेज ११ गाेरखा ।  सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमाल आरोहणपछि ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण  गर्न बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सामागाउँ पुगेका छन् ।

मँगलबार हेली एभरेष्ट एयरको हेलिकोप्टरबाट बिहान ११ बजे सामागाउँमा उत्रिएका राजकुमार सेख मोहम्मदलाई सामागाउँका वडाअध्यक्ष वीरबहादुर लामासहितको सांस्कृतिक समूहले छुवा लगाएर स्वागत गरेका थिए । राजकुमार र उनका सहयाेगी सहित २१ जनाको टोलीलाई हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको हो ।

अक्टुवर १५ देखि २० तारिखभित्र ८,१३० मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम छ ।’ मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको थियो । राजकुमार खलिफा र उनकाे टाेलीलाइ सामागाउँका स्थानीयले म‌ँगलबार स्थानीय स‌ँस्कृति अनुसार स्वागत सत्कार गरेका छन् ।