असाेज २१ गाेरखा । जिल्लाकाे महेन्द्र मा. वि. गाेरखा नगरपालिका कुन्दुरटारमा एक शिक्षकका लागि एक ल्यापटप वितरण भएकाे छ ।
काेराेना सङ्क्रमणका समयमा प्रविधिकाे प्रयाेग गरेर घरमा बसेर पनि बालबालिकाहरुकाे सिकाइमा सहयाेग पुगाेस भन्ने उदेश्यका साथ विद्यालमा रहेका ३० जना शिक्षक साथीहरुका लागि ल्यापटप प्रदान गरिएकाे विद्यालयका प्रधानाध्यापक गाेपालबाबु मरहट्टाले बताए ।
विद्यालय प्रशासनले बनाएको शैक्षिक योजना सफल बनाउन विद्यालय व्यवस्थापन समिति , गोरखा नगरपालिका शिक्षा शाखा, गोरखाले पुर्याउदै आएको सहयोगप्रति विद्यालका प्रधानाध्यापक मरहट्टाले धन्यवाद व्यक्त गरेका छन् ।
नमुना विद्यालयका रुपमा विकास भैरहेकाे यस विद्यालयमा विभिन्न समुदायका झण्डै एक हजारकाे सँख्यामा बालविकास देखि कक्षा १२ सम्म पठनपाठन हुने गरेकाे गाेरखा नगरपालिका स्थित शिक्षाा शाखाले जनाएकाे छ ।