असाेज २३ गाेरखा । गोरखामा १४ जना प्रहरी सहित १५ जनामा शुक्रबार कोरोना संक्रमणको पुष्टी भएको छ । बाह्रकिलो प्रहरीचौकीमा कार्यरत एक प्रहरीमा कोरोना संक्रणमको पुष्टी भएपछि उनको सम्पर्कमा आएका अन्य प्रहरीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा उनिहरुको कोरोना पुष्टी भएको हाे । आजकाे सङ्क्रमित सहित गाेरखामा ३०८ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
शुक्रबार संक्रमणको पुष्टी भएका अर्का व्यक्ति गोरखा सदरमुकाम स्थित होटल प्याराडाईजको क्वारेन्टिनमा रहेकी महिला भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए । उनी भारतबाट आएर होटलको क्वारेन्टिनमा बस्दै आएकी थिइन । सङ्क्रमितहरुलाइ आइसाेलेसन लैजाने तयारी भैरहेकाे छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]