भिडियो

सरिता र डब्बुको दशै गीत ‘यसपालीको दशैं…’

By Admin

October 09, 2020

काठमाडौं । दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यस्तैमा गायिका सरिता भारती र गायक हेम श्रेष्ठको युगल स्वर रहेको दशैं गीत ‘यसपालीको दशैं…’को दश सार्वजनिक भएको छ । काठे भाकामा तयार भएको भिडियोसहित सार्वजनिक गीतमा लय तथा संगीत हेम श्रेष्ठकै रहेको छ । गीतका शब्द डब्बु क्षत्रीले लेखेका हुन् ।

विदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको छ । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् ।  भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरितालाई अभिनेता श्रीदेव भट्टराईले समेत साथ दिएका छन् ।  भिडियोमा अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतको समेत अभिनय छ ।