साहित्य

सुरज ‘निर्दोष ‘ को मनछुने गजल

By मनासलु

October 10, 2020

बिचरा परदेशि दशै सम्झिन्छ तिहार सम्झिन्छ रुन्छ लालाबाला आमा बा प्रियासिको प्यार सम्झिन्छ रुन्छ

सडकमा जति उधुम मचाए पनि हुन्छ न्यायको लागि गरिब आखिर कानुन सम्झिन्छ सरकार सम्झिन्छ रुन्छ

सरकारले राहाधानि थमायो जाऊ उतै जाऊ भन्यो यो मनले गाउँ घर बिर्सेर दुबै कतार सम्झिन्छ रुन्छ

खेलौना ल्याई दिन्छु भनि परदेश गएका बा नफर्के पछि छोरा अचेल बा सम्झिन्छ खेलौना बारम्बार सम्झिन्छरुन्छ

बर्षौ भयो काल कोठरीमा बन्देज गराईएको मलाई पनि “निर्दोष” हतगडि सम्झिन्छ कारागार सम्झिन्छ रुन्छ            सुरज ‘ निर्दोष ‘