प्रगति गर्न मनकै इच्छा इन्धन भैदिन्छ, पढेको भन्दा भोगेको पक्का जिवन भैदिन्छ ।
नाच्न नजान्ने आगन टेढो देख्नेकै भिड भो, नाम नखोज काम साँचेर पतन भैदिन्छ ।
प्रतिज्ञा गर आफैंले हिरा फलाउने भनि, उम्रन्छ पीपल ढुंगा फोरी त्यै आंगन भैदिन्छ ।
साथ कसैले दिदैंन सित्तै पाइने हल्ला हो, कर्मले भाग्य लेख्नेको खुसी आर्जन भैदिन्छ ।
श्रमको आगोले त्यो जिन्दगी नजले के बाँच्नु, पसिनाले फुल्दा प्रगति चै गुणन भैदिन्छ ।
दुख र सुख कला हो बुझ्नु जिन्दगी खोज्नेले, संघर्ष गरे मात्रै सफलता दर्शन भैदिन्छ ।
चित्रमान तामाङ संखुवासभा-चिचिला गा.पा. हाल-काठमाडौ