Breaking News

गाेरखामा ४१ पिन्ट रगत सङ्कलन

By मनासलु

October 11, 2020

असाेज २५, गाेरखा । देशभरका रगतको अभाव भइरहेका बेला गोरखामा लायन्स क्लब अफ गोरखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम स्थित रेडक्रस भवनमा क्लवले शनिबार आयोजना गरेको कार्यक्रममा ४१ पिन्ट रगत सङ्कलन भएकाे क्लब अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

गोरखा उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा, चेम्बर अफ कमर्स गोरखा र लियो क्लब अफ गोरखाको सहकार्यमा भएको रक्त दान कार्यक्रम ९ जना महिला सहित ३२ पुरुषले रक्तदान गरेका हुन । कार्यक्रममा आयोजक दुवै क्बलका पदाधिकारीहरु, सहकार्यमा संलग्न संस्था तथा संसस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरुले रक्तदान गरेको क्लबले जनाएको छ । संकलित रगत चितवन पठाईए नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाले जनाएकाे छ ।