Breaking News

गाेरखा सहित ५२ जिल्ला रेड जाेनमा,सरकारले लकडाउन निषेधाज्ञा नगर्ने

By मनासलु

October 12, 2020

गाेरखा : नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार  गाेरखा सहित ५२ जिल्ला ‘रेड जोन’मा छन्। काठमाडौंमा सबैभन्दा बढी संक्रमित छन् ।

दुई सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ। महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ।

देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ। आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्ममा जम्मा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

अहिले अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने अवस्था भएकाेले लकडाउन निषेधाज्ञा सम्भव नरहेकाे सरकारका प्रतिनिधिहरुले बताएका छन् ।