Breaking News

चेपाङ गाउँमा पहिलाे पटक बत्ती बल्याे , केपी ओलि सरकारका पालामा

By मनासलु

October 12, 2020

असाेज २६, चितवन।  प्रधानमन्त्री केपी ओलिकाे पालामा नेपालमा पहिलाे पटक चेपाङ बस्तीमा बिजुली बत्ती बलेकाे छ ।  चितवनकाे  इच्छाकामना गाँउपालिका ६ कुयालघारीमा पहिलोपटक विजुली बत्ती बलेको हाे । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गरेका छन् ।  गाउँमा विजुली बलेसंगै चेपाङहरु दङ्ग परेका छन् । एउटा स्वीच पिटिक्क पार्दा बत्ती बल्ने रहेछ हामीलाइ अनाैठाे लागेकाे छ,  स्थानीय धन बहादुर चेपाङले भने ।

कुयलघारीका ८७ घर उज्यालो भएका छन । ३१ लाखको लागतमा ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत गाँउमा विजुली बत्ती बालिएको हो ।  प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताए ।

विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उनले सडक र विजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताए । “म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डिभन्ज्याङमा विजुली पुगेको थिएन, उहाँले भन्नुभयो’,अहिले केही गाँउ बाहेक सबै ठाँउमा विजुली बल्छ ।” उनले अर्को बर्ष भित्र इच्छाकामना गाँउपालिकामा विद्युतीकरणको काम सम्पन्न गर्न केन्द्रिय सरकारले १२ करोड बजेट विनियोजन गरेको  बताए ।

इच्छाकामना गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङले बर्षौंदेखिको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै गाँउमा थप आयआर्जनको बाटो खुलेको बताए । चेपाङलाइ किन चाहियाे उज्यालाे भनेर विजुलीका याेजना दिदैनथ्ये अहिलेकाे सरकारले चेपाङ किन अध्याराेमा बस्ने भनेर याेजना दियाे ।  आधामारा, तिनबाङ र बारसीभन्ज्याङमा विजुली बत्ती यस अघि नै बलिसकेको र चार गाँउमा बत्ती बल्न बाँकी रहेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोका अनुसार विजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफुहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर सो ठाँउमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको बताए ।