Breaking News

चाडपर्व विशेष किनमेल समय ताेकियाे असाेज ३० सम्म मात्र समान किन्न पाइने

By मनासलु

October 12, 2020

असोज २६, गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलका नागरिकहरुले चाडपर्व विशेष किनमेल असाेज ३० गतेसम्म गर्नुपर्ने भएकाे छ । गाउँमा रहेकाे सिँहदरबारकाे निर्णयले उक्त उर्दी जारी गरेकाे हाे । किनमेलकाे समयसिमा ताेकिएपछि साे क्षेत्रका नागरिकहरु बेनिघाट र गाेरखा बजार आउनेक्रम बढेकाे छ ।  वडा कार्यालयले दसैँ मान्न असोज ३० गतेभित्र घर आइसक्नुपर्ने भनी सूचना जारी गरेकाे छ ।

दसैँ मान्न गाउँ आउनेहरु असोज ३० गते आई ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने , विदेशबाट आउनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने र ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष नरबहादुर पाण्डेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त निर्णय गरिएको बताए ।  चाडपर्वका समय दुइ/तीन सय मान्छे बाहिरबाट आउँदैछन्, गाउँमा कोरोना नफैलिओस् भनेर यो निर्णय गरेका हौ,’ उनले भने ।