काठमाडौं – गायक थिरज राईको नयाँ गीत ‘दासी बनेर जिउने’को भिडियो सार्वजनिक भएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा जोन पुलामी मगर र उर्मिला गुरुङको रोमान्स समेटिएको छ ।
सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको गीत प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नमा बनेको छ ।
‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, गायक राइले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ ।