सुख जन्मिन त मन पनि गर्भवती हुन्छ, जन्म भए त्यो सारा सपना सम्पत्ति हुन्छ।
के कति पुग्छ के कति पुग्दैन मनले सोच्नु, श्रमले सिंढी चढ्नु सफल दिने धर्ती हुन्छ ।
गर सपना बृक्षारोपण मनकै बारिमा, फल लाग्नेछ खुसीमा अमुल्य ओखती हुन्छ ।
वीउ ब्याडमा छरेर पनि नजरले गोड्नु, मन मिलेमा तक्दिर जुर्छ सहमती हुन्छ ।
किन हरेश-चरेश खाने जिन्दगी धिकारी, बैरी खुसीले ननाचे कहाँ पो प्रगती हुन्छ ।
चित्रमान तामाङ संखुवासभा-चिचिला गा.पा. हाल-काठमाडौ