नेपालिको भेष हो । विरताको देश हो ।। फुल फुल्छ चमेली । वीर हुन्छन् नेपाली ।।
धैर्यताको छाया छ । मनभरी माया छ ।। डाँफे नाच्छ हिमाल । मन् मा हुन्छ शितल ।।
राष्ट्रीयता गाथा हुन् । माटो मेरी माता हुन् ।। स्वाभिमान्मा गर्व छ । एकताको मर्म छ ।।
बसन्तको मन्जुर् मा । देउडा छ सुदुर् मा ।। कुहुकुहु कोइली । मार्सी धान पहेंली ।।
दुख मेट्ने चौतारी । कोहि हुन्न भौतारी ।। खन्छु आफ्नै कोदाली । भेष्भुसामा उजेंली ।।
हिमाल छ शिर मा । गोर्खे हामी भिरमा ।। गोलि गट्ठा काधँमा । सिस्नु मिठो खादाँमा ।।
बिरेन्द्र कार्की ‘माईलो’ लयाँटी, अछाम