सबै पद प्रतिष्ठा को लागि कराउँदै छन, पुष्तौ पुष्ता पुग्ने समपत्ति भराउँदै छन।
एउटाले आर्कालाई चोर भन्छ देशभित्र, कुर्चिकै लागि जेभन्यो मन पराउँदै छन।
भ्रष्टचारको धनमा हिस्सा नपाएपछि हो, उन्कै बारेमा जनताहरुलाई अराउँदै छन।
जनतालाई भेडा बाख्रानै सम्झिने हरुले, मनदुखेर सबैको मुटु समेत चराउँदै छन।
थुक्छन आकास तिर यिनी बुद्धिजिविले, बचे-कुचेको अस्तित्व समेत हराउँदै छन।
कसैले हजारौँ मारेको कबुले भ्रष्टार साथै, वार्गेनिङ गरेर उनैलाई पनि डराउँदै छन।
जनता रोग भोक सोकमै डुबेको देखिन्छ, नेता नीति ब्यबहारमा लड खडाउँदै छन। सुरेशकुमार पान्डे