साहित्य

कविता : “मेरो शब्द चित्र”

By मनासलु

October 15, 2020

यहाँ साँझ बिहान जन्मिरहेका हुन्छन् नयाँ शब्दहरु पोतिएका हुन्छन् इट्टाको पर्खालमा मा प्रेमिल रङ्गहरु।

फक्रन नपाउदै भमरा हरु बाट बलात्कृत भएका गुलाफका थुङ्गा हरुको क्रिडा।

सजिएका हुनछन् पटक-पटक टुक्रिएर ठुटो बनिसकेको पेन्सिलका टुक्राहरु ले दुई औंलाको साहयतामा च्यापेर कोरिएका अनौठा तस्वीरहरु।

जिन्दगीका अनुभुती हरुमा बाटो बिराएर , खाडी पस्न विवश युवा जमात हरुको कहालीलाग्दो कथा।

महंगीको चपेटामा च्यापिएर कराई रहेका दुर्गम बस्तीहरु को पिडा हरु, यस्तै यस्तै हुनेछ मेरो मेरो शब्द चित्र।

विवश एस•वि मकवानपुर हेटौंडा