कार्तिक २, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले चाडपर्वका बेलामा जिल्ला भित्रका शक्ति पिठ तथा मठमन्दिरमा प्रवेशमा गर्नेलाइ कारवाही गर्ने भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले एक सूचना जारी गर्दै जिल्ला भित्र कोरोना संक्रमणको बढ्दै गएकाले चाडपर्वमा मठमन्दिर, शक्तिपिठहरुमा भक्तजनहरुको भीड हुने भन्दै नित्य पुजा गर्ने बाहेकका अन्य सवै पुजाआजामा रोक लगाउने निर्णय गरिएकाे बताए ।
जिल्ला भित्रका महत्वपूर्ण शक्तिपिठका रुपमा मानिने गोरखानाथ मन्दिर, कालिका मन्दिर, मनकामना मन्दिर लगायतका मन्दिरहरुमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हाे । प्रशासनले जारी गरेको सूचनामा अहिलेको प्रतिकुल परिस्थितिमा बिगतका बर्षहरुको समान्य अबस्थामा जस्तै चाडपर्व मनाउन नसकिने र चाडपर्व मनाउदा कोरोना संक्रमणबाट बच्नुपर्ने भएकाले आबश्यक सावधानी अपाउन यस्तो निर्णय गरिएको कुरा उल्लेख छ ।
दशै तिहार लगायतका चाडपर्व मनाउदा सकभर आफू रहेकाे स्थानमा मनाउन र अनाबश्यक जमघट, जात्रा नगरी परिवारको वीचमा मात्र मनाउन पनि सवैलाई सूचना मार्फत आग्रह गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमक रोग ऐन २०२० को दफा २ (१) मा उल्लेखित व्यवस्था समेतको आधारमा प्रसासनले भीडभाड, जात्रा, मेला महोत्सव, तथा जमघट हुने खालका कार्यक्रम नर्गन आग्रह गरेको छ ।
गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्ला प्रशासनले गृह मन्त्रालयकाे परिपत्र अनुसार सूचना जारी गरी धार्मिक पिठहरुमा प्रवेश गर्न राेक लगाएका हुन् । काेराेना सङ्क्रमका समयमा मन्दिरमा घुम्न जाने देखी पूजा गर्ने उदेश्यले जाने समेतलाइ कारवाही गर्ने प्रशासनले जनाएकाे छ ।