कार्तिक ५, पाेखरा । गण्डकी प्रदेशका ११ जिल्लामा भएका काेराेना सङ्क्रमितहरुकाे अहिलेसम्मकाे विवरणहरु तल तालिकामा देखाइएकाे छ । हाल सम्म परीक्षण भएका कुल ८३ हजार ७५५ जना मध्ये ६ हजार १७३ जनामा सङक्रमण पुष्टि भएकाे छ । जसमा ३७१९ जना उपचार पछि घर फर्कीएका छन् भने २३९६ जना उपचार गराइरहेका छन् ।
नतिजा नेगेटिभ आउनेहरुकाे सङ्ख्या ७७ हजार ५८२ जना रहेकाे छ भने मृत्यु हुनेहरुकाे सङ्ख्या ५८ जना पुगेकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ ।