Breaking News

ट्याक्टर दुर्घटना  हुँदा ४ जना घाइते, गाेरखा अस्पतालमा उपचार हुँदै

By मनासलु

October 21, 2020

कार्तिक ५, गोरखा । भीमसेन थापा गाउँपालिकाबाट  गोरखा सदरमुकाम तर्फ  आउँदै गरेको  ना ३ त ६५२१ काे ट्याक्टर झिंगटे भन्ने स्थान नजिकै सिमलगैरीमा दुर्घटना  हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका  स्थानीय सुरजीत भट्टराइले बताए ।

बेलुका करिब ८ :३० बजे भिमसेन थापा गाउँपालिका ६ को झिंगटे नजिकै दुर्घटना भएको हाे । ट्याक्टर सडकबाट ३०० मिटर तल पुगेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुलाइ उद्धार गरी स्थानीयहरुले गाेरखा अस्पताल पठााएका थिए । घाइतेहरुकाे अहिले गाेरखा अस्पतालमा उपचार भैरहेकाे छ ।

गाेरखा आरुघाट सडक खण्डमा पर्ने उक्त खण्डकाे सडक माथिकाे भाग गाेरखा नगरपालिका १ र तल्लाे भाग भीमसेन थापा गाउँपालिका ६ मा पर्दछ । ट्याक्टर राेडबाट भीरमा खसेकाे थियाे ।