कार्तिक ६, गाेरखा । शहिद लखन गाउँपालिकामा २ वर्ष देखि ८६ वर्ष सम्मका नागरिकहरुमा काेराेना सङ्क्रम देखिएपछि गाउँपालिका अध्यक्ष रमेश थापा मगरले सावाधनी अपनाइ सुरक्षित साथ बस्न अनुराेध गरेका छन् ।
पालिका भित्र रहेका आफ्ना नागरिकहरुका उपचारमा सुरुका चरण देखिनै सक्रिय थापा तत्कालिन समयमा गाेरखा क्याम्पस स्थित आइसाेलेसनमा विरामी लिएर जाने, विरामीकाे अवस्था बारे बारम्बार जानकारी लिने र छुट्ने समयमा लिनका लागि फूल माला लिएर आफू सहितका जनप्रतिनिधि पालिकाका स्वास्थ्यकर्मीहरु पुग्ने गर्दथे ।
बुधबार घैरुङ स्वास्थ्य चौकीमा होम क्वारेन्टाईनमा बसेका ५ जनाको (३५ वर्ष ,९ वर्ष को महिला , २४ वर्ष , ८ वर्ष को पुरुष ,२ वर्षको बालिका ) पोजेटिभ देखिएको छ ।
यसैगरी मनकामना मा.वि.मा ९१ जनाको कन्ट्रयाक्ट ट्रेसिङ एवम् होम क्वारेनटाईनमा वसेको ६ जना मध्ये ८२ जनाको रिपोर्ट नेगेटिभ आउनुको साथै कन्ट्र्याक्ट ट्रेसिङ को ९ जना पुरुष (३२ ,३८,३८,५५,३२,१३,४२,१४,४६ वर्ष ) र ६ जना महिला (४६,२६,९,३७,५६,८६ वर्ष) मा गरि जम्मा १५ जनालाइ कोरोना पोजेटिभ देखिएकाे थियाे ।
स्वास्थ्य परीक्षण कार्यमा सहयोग गर्ने स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण वावु अर्याल ,गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र श्रेष्ठ लगायत स्वास्थ्य कर्मी विश्व श्रेष्ठ ,कन्चना थापा सहित सबै प्रति पालिका अध्यक्ष थापाले आभार प्रकट गरेका छन् ।
पालिका भित्र शुन्य सङ्क्रमित भैसकेर पुन: सङ्क्रिमकाे सङ्ख्या थप भएकाे हाे । पालिका भित्रका सबै नागरिकहरुले स्वास्थ्य सावधानी अपनाइ सावुनपानीले पटक पटक हात धुने, मास्क लगाउने, स्यानीटाइजरकाे प्रयाेग गर्ने , मानिसहरुकाे जमघट नगर्ने गरेमा राेगकाे सङ्क्रमणबाट जाेगिन सकिने स्वास्थ्यकर्मी विरेन्द्र श्रेष्ठ बताउँछन् ।
पालिका भित्र उपचार गरेर सबै सङ्क्रमितहरुलाइ निकाे भएकाले सङ्क्रमित भएकाहरु ढुक्क भएर स्वास्थ्यकर्मीले दिएकाे निर्देशन पालना गरी स्वास्थ्य लाभ लिन उनले आग्रह गरेका छन् ।