कार्तिक ६, गाेरखा । भीमसेन थापा गाउँपालिका झिगंटे भन्ने स्थानमा बुधबार राती भएको ट्याक्टर दुर्घटनामा परि घाइते भएका ४ जनालाइ थप उपचारका लागि चितवन स्थित पुरानाे मेडिकल कलेज लगिएकाे छ ।
बुधबार राती भीमसेन थापा गाउँपालिकाको घ्याम्पेशाल बजारबाट बोर्लाङ तर्फ जादै गरेको ना. ३ त ६५२१ को ट्याक्टर झिगंटे भन्ने स्थान नजिकै सिमलगैरीमा दुर्घटना भएको थियाे ।
राती ८ः३० बजे भएको उक्त घटनामा परी २० बर्षका चालक सागर रोका, २२ बर्षका रमेश परियार, १६ बर्षका बिनोद परियार र १५ बर्षका सुरज परियार घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाईते सबै भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका बासिन्दा हुन ।