कात्तिक १२, गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्वर १ काबाट निर्वाचित साँसद हरिराज अधिकारी र पूर्व राज्य मन्त्री छम बहादुर गुरुङकाे पिसिआर नतिजा नेगेटिभ आएकाे छ ।
काठमाण्डाै स्थित काठमाडौं माछापाेखरि स्थित साेसियल मेडिकल सेन्टर प्रा . लि . काे सहकार्यमा स्वाव सङ्कलन गरी शुक्रराज ट्रपिकल तथा सरुवाराेग अस्पतालमा परीक्षण गरिएकाेमा अधिकारी र गुरुङकाे नतिजा नेगेटिभ भएकाे हाे ।
निर्वाचन क्षेत्र जाने आउने क्रम जारी रहने भएकाले परीक्षण गर्नु परेकाे पूर्व मन्त्रि गुरुङले जानकारी दिए ।