साथी सदैको दिन पनि एकनास हुँदैन, बादल बिनाकै सदैभरी आकाश हुँदैन।
दिन पछि रात अबस्था बदलिन्छ सदै, बराबरी त उटै बर्षमा बाह्रै माश हुँदैन।
सृष्ठि त निशेधको निशेध हुँन्छ सदियौँ, कोई अद्मरी कसैलाई सदै खाश हुँदैन।
मर्नै पर्छ जिव जन्तु बिकास का लागी, काल बाट बचेर भाग्ने कुनै पास हुँदैन।
स्वर्ग नर्क यहिछ सँग सगै जाँदैन केहि, जाँदा सँगै लैजाने त धनको रास हुँदैन।
छाड तेरो मेरो यो लडाई ब्यार्थै हो रैछ, माया प्रेम र राम्रो शिक्षा बकबास हुँदैन।
दंसै जस्तै जान्छ तिहार काग लाई बेल, मेला पर्व गरिबहरु लाई आभास हुँदैन। सुरेशकुमार पान्डे