साहित्य

कविता : “क्षण भरको घृणा “

By मनासलु

October 29, 2020

बलात्कार गर्नु र सिमेन्टको खडा स्तम्भले थिच्नु मा कुनै फरक छैन यस्तो हालतमा भित्र भित्रै पाक्छ घाउ

बलात्कार गर्नु र कुनै अपराजित डोजरले दल्नु मा कुनै फरक हुदैन त्यसपछि पुरुष सोध्ने गर्छ मजा अायो?

बलात्कार गर्नु र बिषालु नागले डस्नु मा कुनै फरक हुदैन त्यसपछि मानिस प्रश्न गर्छन् छोटो स्कट लगाएको थियाै? किन घरबाट एक्लै निस्किएको ?

बलात्कार गर्नु र सिसा तोडेर शरिरमा रोप्नु मा कुनै फरक छैन त्यसपछि तिमी डराउन थाल्छाै परुष जात सँग

बलात्कारी अपरिचित अनि तिम्रो आफन्त पनि हुनसक्छ ,जो सिनेमा हलमा तिमी सँगै पपकोर्न खादै टासिएर बस्छ बलात्कार हुर्किन्छ पुरुषको कल्पना लोक मा जस्तो कि घाँस माथि गोबर

बलात्कारको भय एक शितलहर जस्तै बहन्छ जो हरेक समय घोची रहन्छ कुनै महिलाको मस्तिष्कमा

बलात्कारीको भुमिकामा उत्रिन तिम्रो देहलाई छेड्न मेसिनको नजर बाट देख्न सक्नुपर्छ र त्यसपछि आवस्यक हुन्छ तिम्रो अस्मिता ,तिम्रो स्वाभिमान र तिम्रो कोमल शरीर प्रति क्षण भरको घृणा।।। पार्बती बिष्ट मंगलसेन ३ अछाम