सायद दाेवाटाे विर्सिएर हाेला आफ्नै विम्वमा अल्झिए झै त्यस वखतकाे समय घडी बन्द भएझै राेकिएछ उषाकाे मिर्मिरे विहानिमा चिर्विर चरिहरुकाे आवाज दिवाकाे टन्टलापुर प्रचण्ड धुपमा आकाश भरी काककुल हरुकाे बथान कतै समय पाे कैदि भएर हाे कि यत्र तत्र छरीएका काेराेनाले लाशहरु मानव मानव विचकाे काेलाहल गाउँ वस्ती टाेल हरुमा सुन्दर प्रकृतिकाे सपना हराएछ पल्लाे गाउकाे हर्के खर्के हरु आफ्नै इतिहासकाे कुम्लाे कसेर वेहालमा प्रवासिन कसुर छन हर्ष उल्लासलाइ गुमाएर हृदय खाेलि चिच्याउन विवश छन सायद दाेवाटाे विर्सिएर हाेला! श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर