मृत्यु को भन्दा पनि कसरी बाच्ने पिर भयो।। नियती ले चुटेको पो मेरो तकदिर भयो।।
जमाना को कुरा लाई खै कसरी म काटु आफ्नै नजर बाट गिरेको मेरो शिर भयो।।
लह लहाउदो बैँस मा पनि जिन्दगी बन्यो बगर उन्को नशालु हेराइ पनि मुटु चिर्ने तिर भयो।।
आफ्नै सृष्टि मा पनि कस्तो यो भेद भाब दैब कोहि अति गरीब त कोहि किन अमीर भयो।। हुने लाई त जता ततै फुल को बरसात छ नहुने लाइ फुलकै माला गलाको जन्जीर भयो। सुरेश वैद्य काठमाण्डौ