समाचार

दशैँ अघि स्वास सङ्कलन गरिएका शहिदलखनका २० जनाकाे रिपाेर्ट नेगेटिभ

By मनासलु

October 30, 2020

कात्तिक १४,गाेरखा ।  शहिद लखन गाउँपालिका भित्रका   बुङ्कोट स्वास्थ्य चौकीमा कोरोना पोजेटीभ भई होम आईसोलेसनमा वसेका ३ जना ,कन्ट्रयाक ट्रेसिङ २ जना ,होम क्वारेन्टाईनमा वसेका घैरुङकाे ४ जना,बुङ्कोटकाे ८ जना र नामजुङ को ३ जना गरि जम्मा २० जनाको स्वाव संकलन गरि परिक्षणको लागि पठाईएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे कुरा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले पुष्टि गरेका छन् । साथै स्वाव सङ्कलन  कार्यमा सहयोग गर्ने गाउँपालिकाका स्वास्थ्य प्रमुख विरेन्द्र श्रेष्ठ लगायत स्वास्थ्य कर्मी विश्व श्रेष्ठ ,कन्चना थापा सहित सबैलाई हार्दिक आभार प्रकट गर्दै गाउँपालिकावासीलाई साबधानी अपनाई सुरक्षितसाथ बस्नुहुन अनुरोध समेत अनुराेध गरिएकाे छ ।