साहित्य

शर्मिला श्रेष्ठ को मन छुुनेे गजल

By मनासलु

October 30, 2020

समयले नपर्खदा मौका चुक्दो रहेछ प्रगतिले आपसेआप नै भुल्दो रहेछ।

सोचिन्छ रोकिए हुन्थ्यो सुन्दर पलहरु एकछिन नरुकी घडी झैं घुम्दो रहेछ।

परिवर्तनशील छ नियम प्रकृतिको तर पनि सदाबहार पो चुन्दो रहेछ।

कमजोर मनोवृत्तिको स्थान छैन कतै सबल ब्यक्तित्वको आवाज सुन्दो रहेछ।

दोष समयको हैन आफ्नै कर्म फलको कहिल्यै नभन्नु भाग्यले नि लुट्दो रहेछ।

शर्मिला श्रेष्ठ                                   

भैंसेपाटी,ललितपुर हाल परदेश