साहित्य

नरेेन्द्र बिष्ट समाकुल को मन छुुनेे गजल

By मनासलु

October 30, 2020

शंकाको बलिदान हुनुपर्छ,कोलाहलको देहान्त हुनुपर्छ प्रिया मनमा आउने मान्छेले दिमागमा शान्त हुनुपर्छ

मध्यरातमा चन्द्रमाको तिम्रा नजरले परीक्रमा गरेदेखि, एक प्रेमी प्रश्न गर्दैछ मलाई कसरी शशिकान्त हुनुपर्छ?

नाम लेख्न गाह्रो छ लेखेपछि मेटाउन नि गाह्रो होला , के यस्तो आशयमा पत्थर जस्तो दील नितान्त हुनुपर्छ?

तिमी यसरी रमाइ रहेका छौ उता चिच्याइ रहेका सुने, मानवता देखाउ छिमेकीको घरमा वियोगान्त हुनुपर्छ

प्रिया तिम्रो मनको लोकसेवामा नाम निकाल्नका लागी, भन आज मलाई,मिहेनत हुनुपर्छ या लेखान्त हुनुपर्छ नरेन्द्र बिष्ट समाकुल