साहित्य

धिरज स्मृतिपवन को मनछुने गजल

By मनासलु

October 31, 2020

हेर्छु,दर्दको पनि छुट्टै बजार लाग्यो ऐना!पुछ्दा,ऐनामा अनुहार लाग्यो

मुग्लानलाई बैँस दिएर बा फर्किए गाउँमा, हलो जोतेकै सार लाग्यो।

अब सजाय के कस्तो हुन्छ सरकार ? अख्तियारलाई नै अख्तियार लाग्यो

नदिमा बगेको रुमाल किनार लागेन रुमालमा बगेको मन किनार लाग्यो ।

श्रद्धाञ्जली,कर्ज भै गयो लासलाई बाँच्नुजेल,हर कुरामा आभार लाग्यो

बुझियो,दुनियाँको औकात के रहेछ ! कोट लगाएर हिडेँ,नमस्कार लाग्यो ।

धिरज स्मृतिपवन डोटी