साहित्य

स्यङ्जा बाट लेखनाथ खनाल”अंकुर” को गजल

By मनासलु

October 31, 2020

मान्छे किन अरुलाई गिराउन तल्लिन हुन्छन् अरु कै पिडाले जलेको हेर्न सौखिन हुन्छन्

सके मीठो बोलिदेउ कसैलाई किन घोच्नु र ? तिम्रा ती वचन कसैलाई तीखा संगिन हुन्छन्

ए ! हेर त यताउता सबैतिर उस्तै त भेटिन्छ मरि जाने चोलामा यस्तो निष्ठुरी किन हुन्छन्

प्रकृतिले कसैलाई पनि अन्याय छैन गरेको नभुल्नुस दुखीको पनि त रात र दिन हुन्छन्

जब समय आउछ पर्दैन ढलाउनु कसैलाई अन्तिम दिन जो पनि सहारा बिहिन हुन्छन् !!

लेखनाथ खनाल “अंकुर” अर्जुनचौपारी-६ दरौं, स्याङ्जा ।