टेलरिङ्ग व्यवसायी संघ गाेरखाद्धारा ४२ जना बालबालिकालाई पाेशाक वितरण

मङ्लबार, कार्तिक २५, २०७७

कात्तिक २५,गाेरखा  । गोरखा टेलरिङ्ग व्यवसायी संघले सोमबार सदरमुकामका २ वटा बिधालयमा अध्ययनरत असाहाय, अनाथ र अपांगता भएका बालिकाहरुलाई बिधालय पेशाक बितरण गरेको छ । संघले आफ्नो प्रथम स्थापना दिवसको अबसर पारेर गोरखा नगरपालिका–६ छहरे स्थित बालमन्दिर माध्यामिक बिधालय र वडा नम्बर ८ स्थित श्री सरस्वती माध्यामिक विद्यालयका बालबालिकालाई बिधालय पोशाक उपलब्ध गराएकोे संघका जिल्ला कोषाध्यक्ष बिकास परियारले जानकारी दिए ।

संघले बालमन्दिर माध्यामिक बिधालयमा अध्ययनरत २५ जना अनाथ तथा असाहय बालबालिका र सरस्वती माध्यामिक बिधालयमा अध्ययनरत १७ जना दृष्टिबिहिन बालबालिकाहरुलाई बिधालय पोशका सहयोग गरेको हाे । ‘स्थापना दिवसमा सामाजिक काम गर्नुपर्छ भन्ने थियो, उनले भने, संघले निर्णय नै गरेर अनाथ, असाहाय तथा अपांगता भएका बालबालिकाहरुलाई बिधालय पोशाक उपलब्ध गराइएको हो ।’

एक  बर्ष  अघि  गोरखामा गठन भएको संघले सामाजिक सेवाको क्षेत्र क्रियाशिल रहदै संस्थालाई संक्रिय गराउने उद्देस्यका साथ फरक ढंगले स्थापना दिवस मनाइएको उनकाे भनाई छ । आफ्नो पेशागत हकहित र सुरक्षाका कुरासंगै जात पेशालाई समेत समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउदै समाजसेवालाई पनि संगसगै अगाडी बढाउनुपर्छ भन्ने सोचाईका साथ पहिलो स्थापना दिवसमा अनाथ, असाहाय र बिपन्न बालबालिकाहरुलाई सहयोग गरिएको संस्थाले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष राजेन्द्र सिर्मलको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष शिवशंकर परियार, उपाध्यक्ष शंकर लाप्रे, महासचिव सोमबहादुर अक्षामी, सचिव दिपक दर्नाल, सदस्य नारायण परियार र संक्रिय सदस्य बालकृष्ण परियारको सहभागिता रहेको थियो । संघमा गोरखा जिल्ला सदरमुकाम क्षेत्रका ५२ जना टेलरिङ्ग व्यवसायी संलग्न रहदै आएका छन् ।